लोक सेवा आयोग द्धारा मिति २०७४।०८।२९ मा वन रक्षक पदका लागि सोधिएको ६० प्रश्नहरु र त्यसका उत्तरहरु #loksewaSudurpaschim #Good Luck All १.स...
१.सरकारद्वारा व्यवस्थित वनको वन व्यवस्थापन कार्ययोजना (Operational
Forest
Mgt Plan) कुन
निकायले स्विकृत गर्दछ ?
- वन विभाग
२. घाईते भालुको बच्चा भेटेर कसैले वन रक्षकलाई दिएमा के
गर्नुपर्दछ ?
- वन कार्यालयमा बुझाउने
३. नेपाल कहिलेदेखी रामसार महासन्धिको पक्ष राष्ट्र रहँदै
आएको छ ?
- अप्रिल १९८७
४. कुन जडिबुटी विदेश निकासीमा प्रतिबन्ध लागेको छ ?
- ओखरको बोक्रा
५.तलका मध्ये धार्मिक वनको संरक्षण तथा व्यवस्थापनको लागि
जिम्मेवार मुख्य निकाय कुन हो ?
- मन्दिर संरक्षण समिति
६.वनमा आगो लाग्ने सम्भावना कम गर्न मुख्य गर्नुपर्ने काम के
हो ?
- सुकेको पतकर भुईबाट हाउने
7 वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन
रणनीति कुन सालदेखि लागु भएको हो ?
- वि.सं.
२०६८
८. कस्तो प्रकृतिको वन डढेलो नेपाली वन जंगलमा बढी लाग्ने गरेको छ ?
- मानव सिर्जित
9.हिरासतमा रहेको थुनुवालाई गर्न नहुने
काम के हो ?
- कुटपिट गर्ने
१०. तलकामध्ये कुन रुख प्रजाति फर्निचरको लागि राम्रो
मानिन्छ ?
- सिसौ
११. तलका चराहरू मध्ये राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन
२०२९ को अनुसुची १ अनुसारको संरक्षित चरा कुन हो ?
- डाँफे
१२. राष्ट्रिय बाघ संरक्षण समितिको अध्यक्ष को हुने व्यवस्था
छ ?
- प्रधानमन्त्री
१३. वन अपराध मुद्धाको अनुसन्धान कसले
गर्ने व्यवस्था छ ? - रेन्जर
१४. वन व्यवस्थापनको सिलसिलामा "एक असल नोकर तर खराब मालिक k लाई भनिन्छ ?
- आगो
१५. साझेदारी वनबाट प्राप्त हुने वन पैदावारको बाँडफाँड कुन
आधारमा गरिन्छ ?
- ५० प्रतिशत समुह र ५० प्रतिशत
नेपाल सरकारलाई
१६. राष्ट्रिय वनमा मनाही नभएको कार्य के हो ?
- पुर्जीअनुसार वन पैदावार
निकाल्न
१७. वन ऐन/नियमअनुसार राष्ट्रिय वनमा सामान्यतयाः गर्न हुने
काम कुन हो ? '
- ढलापडा रुख हटाउने
१८. तलका महिनाहरूमध्ये कहिले
वृक्षारोपण गर्दा सबैभन्दा राम्रो हुन्छ ? - साउन
१९. कुन मृगको नाईटोमा विना हुन्छ ?
- कस्तुरी
२०. नयाँ अद्यावधिक नक्सा आउनुभन्दा पहिला नेपालको क्षेत्रफल कति
रहेको मान्दै आइएको छ ?
- १,४७,१८१ वर्ग कि.मी.
२१. नेपालको राष्ट्रिय फुल कुन हो ?
- लालीगुरांस
२२. वन मुद्दा दायर गर्नको लागि अनुसन्धानको सिलसिलामा अभियुक्तलाई
कति दिनसम्म थुनामा राख्न सकिने व्यवस्था छ ?
- २५ दिन
२३. काठको आयतन नाम गर्ने मापन इकाई के हो ?
- घन फिट
२४. डिभिजन वन कार्यालयको प्रमुखलाई के भनिन्छ ?
- डिभिजन वन अधिकृत
२५. क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज कुन
हो ?
- शे-फोक्सुण्डो
२६. चितवन राष्ट्रिय निकुञ्ज कुन वन्यजन्तुको लागि प्रख्यात
छ ?
- गैंडा
२७. नेपालको कति प्रतिशत भूभाग संरक्षित
क्षेत्रहरूले ओगटेको छ ? -२३ प्रतिशत
२८. वन रक्षक पद कुन सेवा समुह अन्तर्गत पर्दछ ?
- वन, जनरल फरेष्ट्री
२९. राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा कतिवटा घस्रने जातका जन्तुलाई संरक्षित वन्यजन्तुको सूचिमा राखिएको छ ?
- 3
३०. वन ऐन, २०४९ को
कुन दफामा विना वारेण्ट गिरफ्टार गर्न सकिने व्यवस्था गरिएको थियो ?
- दफा ५९
३१. वन स्रोत सर्वेक्षण गरी सामुदायिक वनको कार्य योजना तयार गर्दा
कुन पक्षलाई ध्यान दिनु पर्दैन ?
-प्रशासनिक
३२.सामुदायिक वन उपभोक्ता समुहको वार्षिक
आर्थिक कारोबारको लेखा परीक्षणका लागि लेखापरीक्षकको नियुक्ति कसबाट हुन्छ ?
- समूहको साधारण सभा
३३. सामुदायिक वन उपभोक्ता समूह भित्र फरक-फरक आर्थिक सामाजिक
अवस्था भएका उपभोक्ताहरू पहिचान र वर्गिकरण गर्न के विधि अपनाउनु पर्दछ ?
- सम्पन्नता स्तरीकरण
३४. राति श्वासप्रश्वास क्रियामा रुखले कुन ग्याँस बाहिर फाल्छ ?
- कार्वन डाईअक्साइड
३५. वनमा पाईने वनस्पतिहरूको साइज,जात,संख्या तथा वन पैदावारको अवस्था
आदिको जानकारी लिन वनमा गरिने नाप जाँच वा लेखा जोखालाई के भनिन्छ ?
- वन स्रोत सर्वेक्षण
३६. वन सम्बन्धी मुद्दामा अनुसन्धानको सिलसिलामा थुनामा
राख्ने कार्यलाई के भनिन्छ ?
- हिरासत
३७. हिरासतमा राख्नु नपर्ने कारण........हो।
- दशी प्रमाण नभएमा
३८. एउटा चिरान काठको उचाई ३ इन्च, मोटाई ४ इन्च र लम्बाई १२ फुटको रहेछ अब सो
काठको आयतन कति क्युफिट हन्छ ?
- १
३९. एउटा जिल्लाबाट अर्को जिल्लामा वन पैदावार ओसारपसार गर्न कसले
छोड पूर्जी दिन्छ ?
- डिभिजन वन अधिकृत
४०. कस्तो ठाउँमा काठहरू घाटघद्दी गरिन्छ ?
- मुलबाटो छेउमा
४१.रुख काट्नका लागि निर्धारण गरिएको चार
किल्ला सहितको कुनै वन क्षेत्रमा काट्न तय गरिएको रुखहरूमा लगाइने
निशानालाई के भनिन्छ ?
- छपान
४२. मुनाबाट वनको पुनः उत्पादन गर्ने प्रमुख उद्देश्य के हो ?
– डालेघाँस उत्पादन गर्न
४३.मध्य पहाडी क्षेत्रमा कुन प्रजातीको
वृक्षारोपन बढी गरिएको पाइन्छ ?
- सल्लो
४४. एक हेक्टर क्षेत्रफलमा १ मिटर x १ मिटरको दुरीमा बिरुवा रोप्दा कति
बिरुवा अटाउँछ ?
-१०००० वटा
४५.सबैभन्दा चाँडै बढ्ने प्रजाती कुन हो ?
- बाँस
४६. नर्सरीको व्याड बनाउँदा साधारणतयाः व्याडको साइज कति हुन्छ ?
-१-१.२ मिटर चौडा र ५-१० मिटर
लामो
४७. कुनै रुखको काण्डलाई वृत्ताकार खण्डमा काटेर, खण्डको केन्द्र हुँदै दुवै
छेउसम्म लिइने नापलाई के भनिन्छ ? ।
- व्यास
४८. कुन कुरा वन अपराधमा पर्दैन ?
- वन सर्वेक्षण
४९.वन संरक्षण गस्ति गर्दा गस्ति टोलिको समय र संशाधन
सदुपयोग गर्न ध्यान पुयाउनु पर्ने मुख्य कार्य के हो ?
- योजना बनाउनु
५०. दिइएका मध्ये सबैभन्दा कम वन जंगलको क्षेत्र भएको जिल्ला कुन
हो ?
- भक्तपुर
५१.सामुदायिक वन उपभोक्ता समितिको गठन गर्दा कति प्रतिशत
महिला सहभागी गराउनु पर्दछ ?
- ५० प्रतिशत
५२. नेपालको वर्तमान संविधान कहिले जारी गरिएको हो ?
- वि.सं. २०७२
५३. सामुदायिक वनको कार्य योजनाको स्वीकृत कस्ले गर्ने व्यवस्था छ ?
- डिभिजन वन अधिकृत
५४. वन ऐन अनुसार तलका मध्ये कुनचाहिँ
वन पैदावार हो? - काठ र दाउरा
५५. तलका कुन प्रजातिको बिउ अंकुरण समयावधि निकै कम हुन्छ ?
- साल
५६. घाट घद्दी स्थल तोक्ने अधिकार ....................... लाई छ ? .. .
- प्रदेश वन निर्देशकको पूर्व स्विकृतिमा डिभिजन वन अधिकृत
५७.राष्ट्रिय निकुञ्ज वा आरक्ष बाहेक अन्य वन क्षेत्रमा वा
आवादी क्षेत्रमा भेटिएको घाइते वन्यजन्तुको उद्दार गर्ने मुख्य जिम्मेवारी कसको हो
?
- सम्बन्धित डिभिजन वन कार्यालय
५८.फिल्डस्तरमा सरकारद्वारा व्यवस्थित वनको संरक्षणको
जिम्मेवारी कसको हो ?
- डिभिजन वन कार्यालय
५९. हाल प्रचलनमा रहेको वन ऐन अनुसार राष्ट्रिय वनलाई कति प्रकारका
वनमा विभाजन गरिएको छ ?
-५
६०. वन रक्षकले कस्को मातहतमा रही तोकिएको जिम्मेवारी पुरा गर्नु
पर्दछ ? .
- सहायक वन अधिकृत
Download Application .
👇


No comments
Note: Only a member of this blog may post a comment.